×

समाचार

☰ List     Grid

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्रिया शुरु

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्।

उनले वाग्मती प्रदेशका सामाजिक विकास [...]

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

२२ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ [...]

विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल : लकडाउन खुकुलो पार्न सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद् [...]

विवादित खरिद प्रक्रियालाई वैधानिकता दिने गरी खरिद ऐन संशोधन हुँदै

२१ जेठ, काठमाडौं । सरकारले विवादित बनेका विभिन्न खरिद प्रक्रियालाई वैधानिकता दिँदै सहज अवस्था बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधनको प्रस्ताव गरेको छ । संसदमा सरकारले दर्ता गरेको ‘सार्वजनिक खरिद ऐन-२०६३लाई संशोधन गर्न बनेको विधेयक’मा सार्वजनिक प्रतिस्पर्धाका माध्यमबाट [...]

काठमाडौंमा बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने व्यवसायीको निर्णय

२१ जेठ, काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय [...]

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् ।

 

यससँगै संविधान संशोधनको चौथो विधेयक संसदमा दर्ता भएको हो । [...]

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने स्वास्थ्य मन्त्रालयको [...]

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ ।

बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन [...]

शव व्यवस्थापनसम्बन्धी संशोधन : अन्य रोगीलाई कोरोनाबाट मृत्यु भएको नमानिने

२१ जेठ, काठमाडौं । सरकारले कोभिड १९ को संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र कोभिड १९ का कारण मृत्यु भएको मान्ने भएको छ ।

सरकारले तयार पारेको नयाँ परिभाषाअनुसार कोरोना पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको [...]

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो [...]

बालबालिकाको मुद्दामा सहयोग गर्न रसुवा अदालतमा तोकियो बालमनोविज्ञ

लाङटाङ खबर ३० बैशाख २०७७, मंगलवार !

बालबालिकासम्बन्धी मुद्दा हेर्न रसुवा जिल्ला अदालतमा बालमनोविज्ञ तोकिएको छ ।

विगत सात वर्षदेखि बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्दै आएकी सुनितामाया गुरुङलाई रसुवा जिल्ला अदालतको बालमनोविज्ञको रूपमा तोकिएको हो ।

गत मंसिरमा [...]