×

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान संशोधन विधेयक दर्ता

तामाङ आवाज


काठमाडौँ — राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् ।

 

यससँगै संविधान संशोधनको चौथो विधेयक संसदमा दर्ता भएको हो । सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ ।

त्यसपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् भने कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ । देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए । संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनको भनाइ थियो । जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ ।

आफूहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको केसीले बताए । अहिले सरकारले संविधान संशोधन प्रकृया अघि सारेपछि अन्य दलहरूले पनि आफ्नो संशोधन विधेयक दर्ता गरेका कारण पार्टीले पनि विधेयक दर्ता गरेको उनले बताए ।


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार